१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको ३२ वटै वडामा खोप केन्द्र राखिने


प्रकाशित: बुधवार, १३ साउन २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरका ३२ वटा वडामा खोप केन्द्र राखिने भएको छ । 


बुधवार जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले महानगरको ३२ वटा वडामा खोप केन्द्र राख्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । 


सो खोप केन्द्रमा ५० बर्ष उमेर समूह माथिका नागरिकलाई खोप लगाउन सक्ने समेत निर्णय भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 


बैठकले काठमाडौँ जिल्लाका अन्य नगरमा सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने निर्णय गरेको छ । यसैगरी अत्याबश्यक सेवाका व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, सामाखुशी, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, टिचिङ् अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्र तोकिएको छ ।


फरक क्षमताभएका व्यक्तिका लागि भेरोसेल खोप लगाउने कार्यक्रमअन्तर्गत खोप सञ्चालन हुने समयमा नजिकको खोप केन्द्र वा अन्य पायक पर्ने ठाउँमा सञ्चालन गर्ने निर्णय भएको छ ।


बैठकले जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीको संयोजकत्वमा ६ सदस्यीय खोप अनुगमन समिति गठन गरेको छ ।


जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, सशस्त्र प्रहरी वल, जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौँ महानगरको प्रतिनिधित्व रहने उक्त समितिमा महानगरकातर्फबाट नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex