५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको स्थगित अधिवेशन आइतवार बस्दै


प्रकाशित: शुक्रवार, २७ पुस २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औं अधिवेशन २९ गते आईतवार हुने भएको छ । 


यस अघि स्थगित भएको सो अधिवेशन कार्यपालिका बैठक सके लगत्तै बस्ने महानगरपालिको जनाएको छ । 


विहिवार महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट संशोधित बजेट कार्यपालिकामा पठाउने निर्णय गरेको हो । 


चालु आर्थिक बर्षका लागि बिनियोजन गरिएको बजेटको सीमामा फरक नपर्ने गरी कार्यान्वयन हुन नसकेका आयोजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने कार्यक्रममा संशोधन गर्न सकिने व्यवस्थाबमोजिम विभागहरुबाट प्राप्त मागका विषयमा छलफल गर्दै समितिले संशोधन शिफारिस गरेको हो ।  


वैठकमा प्रवक्ता नविन मानन्धरसहित विषयगत समितिका संयोजकहरु, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी निमित प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइराला, विभागीय प्रमुखहरु उपस्थित थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex