६ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरको सहयोगमा छत्रपाटीमा कोभिड अस्पताल सुरु 


प्रकाशित: विहिवार, १३ जेठ २०७८, १३ः०० बजे
- अजय खड्गी

 

काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सेवा सुरु भएको छ । 


बुधवार महानगर प्रमुख विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीरले संयुक्त रुपमा अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन । महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्ने सहमति अनुसार अस्पताल सेवा सुरु भएको महानगरले जनाएको छ । 


गत बैशाख ३१ गते सम्झौता भए अनुसार छत्रपाटी निःशुल्क चिकित्सालयमा यो सेवा औपचारिक रुपमा सुरु भएको हो । यस अघि महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ ।


सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको बताए । 


त्यसैगरी राज्यमन्त्री मानन्धरले, महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको तथा महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंशा समेत गरे । 


महानगरले अस्पतालको पूर्वाधार सुधारका लागि हामीले करीब ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरेका छन भने नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 


अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले अक्सिजन व्यवस्थापनमा भने अझै डर लागिरहेकोले यसको जोहो गर्न प्लान्ट स्थापना गर्ने योजनामा रहेको जानकारी दिए । 


अस्पतालका निर्देशक डा। प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालन भएको हो । महानगरले अहिलेसम्म अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता गरिसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD