१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरको सहयोगमा गंगालालमा अक्सिजन प्लान्टको शुभारम्भ


प्रकाशित: सोमवार, २० बैशाख २०७८,०९ः०० बजे
- अजय खड्गी

काठमाडौँ । अक्सिजन आपूर्ति पुरा गर्न काठमाडौं महानगरको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरिएको छ । 


आईतवार महानगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर अक्सिजन प्लान्टको शुभारम्भ गरेक हुन । सो अवसले प्रमुख शाक्यले अहिलेको महामारी व्यवस्थापनमा लाभ हुने अपेक्षा राखे । 


उनले भने,‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ ।’


महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । 


अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेखीय रहेको बताए । 


डा. अधिकारीका अनुसार एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेकोले गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल नजानुपर्ने भन्दै आफ्नो समस्या सुनाए । 


सो अवसरमा वडा ३ का अध्यक्ष दीपक के. सी. ले गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा आफ्नो प्रयास हुने बताए । 


महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खाताख पठाएको थियो । 


केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ । अर्यालको भनाइ छ ।


मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । 


महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD