१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको सबै वडाबाट ‘बुस्टर’ सहित फाईजरको पहिलो र दोस्रो खोप दिइने


प्रकाशित: सोमवार, ९ फागुन २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरका ३२ वटै वडाबाट ‘बुस्टर डोज’ सहित फाईजरको पहिलो र दोस्रो खोप दिने भएको छ ।


मंगलवार (फागुन १० गते) देखि १३ गते शुक्रवार सम्म महानगरका वडाहरुमा तोकिएको खोप केन्द्रबाट खोप सञ्चालन गरिने भएको महानगरको स्वास्थ्य विभागले जनाएको छ ।


१२ बर्षदेखि माथि खोप लगाउन छुटेका सबैलाई पहिलो र दोस्रो खोप लगाउन छुटेकाहरुले तोकिएको मितिमा विहान १० बजेदेखि ४ बजेभित्र खोप केन्द्रमा खोप लगाउन सकिने विभागी प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । 


त्यसैगरी, जुनसुकै दुवै खोप लगाएकाहरु ६ महिना पुरा भएकाहरुलाई बुस्टर दिईने भएको छ । खोप लिनको लागि उमेर खुल्ने परिचयपत्र, दोस्रो तथा बुस्टरको लागि पहिले खोप लगाएका खोप कार्ड आवश्यक पर्ने छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex