७ जेठ २०८१, सोमबार
Header

काठमाडौं महानगरको शिक्षा विभागमा तालाबन्दी


प्रकाशित: विहिवार, १४ बैशाख २०८०, १९ः४० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभागमा तालाबन्दी भएको छ । 


विहिवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले विभागमा तालबन्दी गरेको हो । 


महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठनलाई निर्देशन दिएपछि सोको विरोधमा  विभागको संस्थागत विद्यालय शाखामा तालबन्दी गरिएको छ ।


सो विषयमा शिक्षा विभागका पूर्व प्रमुख रामप्रसाद रामप्रसाद सुवेदीले आफू सो जिम्मेवारीमा नभएकोले आधिकारिक कुरा थाहा नभएपनि विभागमा युनियनका पदाधिकारीहरुले ताला लगाएको सुनेको जानकारी दिए । 


बुधवार काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक दल र दलका भातृसँगठनहरुले कार्यक्रम सञ्चालन गरेको विषयमा महानगरको गम्भिर ध्यानाकर्षण भएको बताउँदै सो गतिविधि नगर्न निर्देशन दिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD