काठमाडौं । काठमाडौं महानगरको शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन ।
विहिवार महानरको २१ औं कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र साह (बालेन)ले स्ट्रक्चरल इन्जिनियर राजण्डारीलाई उपाध्यक्षमा प्रस्ताव गरेपछि सर्वसम्मती पारित गरेको थियो ।
नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरेका उनले इटालीमा विद्यावारिधिको अवसर पाएका थिए ।
यसअघिका उपाध्यक्षमा तेजेन्द्र खड्का रहेका थिए ।
चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको सचिवले पाएसरह सुविधा पाउँछन ।
Categorized in स्थानिय