काठमाडौं । काठमाडौं महानगरपालिकाले विभागीय प्रमुखहरु हेरफेर गरेका छन ।
महानगरका ५ जना विभागीय प्रमुखहरु महेश काफ्ले, दीपक अधिकारी, यादव घिमिरे, नुरनिधि न्यौपाने, गोपाल पोख्रेलको विभागीय जिम्मेवारी परिवर्तन भएको हो ।
प्रशासन विभागका महानगरका सहायक प्रवक्ता समेत रहेका महेश काफ्लेको सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपी)मा, सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन ।
वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन । विभागकै गोपाल पोखरेललाई सामाजिक विकास विभागमा सरुवा भएका छन ।
नुरनिधि न्यौपाने मेयरको सचिवालय तथा विभागीय प्रमुखको जिम्मेवारी पाएका छन ।
Categorized in स्थानिय