४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरको वडा २९ मा कांग्रेसका कुश ढकाल दोहोरिए


प्रकाशित: शुक्रवार, ६ जेठ २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंम्बर २९ को मतपरिणाम सार्वजनिक भएको छ । 


वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कुश ढकाल फेरि वडा अध्यक्षमा निर्वाचित भएका छन । उनी यस अघि पनि वडा अध्यक्ष निर्वाचित भएका थिए । 


उनले १ हजार ९२१ मत पाएर बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका सिवराम राजवंशीले १ हजार ८७१ मत प्राप्त गरे । 


महिला सदस्यमा कांग्रेसकी रेणु श्रेष्ठले २ हजार ७५ मत ल्याई निर्वाचित भएकी छिन भने उनकी प्रतिद्धन्द्धी एमालेकी अम्बिका उप्रेतीले १ हजार ४४५ मत पाएकी छिन ।


त्यसैगरी दलित महिला सदस्यमा नेपाली कांग्रसकी संगीता पुजारीले १ हजार ९७७ मत पाएकी विजयी भएकी छिन । उनकी प्रतिस्पर्धी एमालेकी रोमी पुजारीले १ हजार ४१८ मत पाएकी छिन ।

 
पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका सन्तोष ढुंगेलले १ हजार ८८२, कांग्रेसकै अनिल श्रेष्ठले १ हजार ७३१ मत पाएर पुुरुष सदस्यमा निर्वाचित भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex