७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको वडा १८ मा व्यायाम स्थलको उद्धघाट्न


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, १९ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरको वडा १८ मा खुल्ला शारीरिक अभ्यासको लागि व्ययाम स्थल निर्माण गरिएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार एक कार्यक्रमविच उक्त व्यायाम स्थलको उद्धघान गरेका छन । 


पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको प्रमुख शाक्यले उद्धघाटन गर्दै भने,‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि हुन् । ती ठाउँमा स्थानीयहरु आउने, घुम्ने, आपसी कुराकानी गर्ने गर्न थाल्नुभयो भने हामीले गरेको कामको परिणाम आएको महसुस गर्न पाउने थियौँ ।’ 


हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास गर्ने ठाउँ बनाउने, सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम महानगरको हो र त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीयबासी भएको प्रमुख शाक्यले बताए । 


सो अवसरमा वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गरे ।


यो निःशुल्क सेवा हो । यहाँ जडान गरिएका सामाग्रीहरु न्यु आनन्द टे«ड हाउसले जडान गरेको हो । 


व्यायाम स्थलमा स्काइ वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex