काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा १० को विकासमा महिला सहभागीता नमुनाको रुपमा हरेको वडा अध्यक्ष्ँ रामकुमार केसीले बताएका छन ।
वडाले साथी नामक संस्थाको सहयोगमा संस्थाको सहयोगमा सञ्चालनको गरेको महिला क्षमता अभिबृद्धि तथा सिपमुलक हाते झोला बनाउने तालिमको समापन अवसरमा सो कुरा बताएका हुन ।
अध्यक्ष केसीले महिलाहरुको लगन, अभिरुची र सिपको प्रशंसा गर्दै यस वडाको विकासमा महिला सहभागीता महत्वपूर्ण रहेको बताए ।
सो तालिमा सहभागी सबैलाई वडा अध्यक्ष केसीले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा सहभागी १६४ जनामध्ये १०१ जना त महिला रहेका थिए ।
सो कार्यक्रमका अथिति सहकारी बिभागका प्रमुख नमराज ढकालले पनि समाज रुपान्तरणमा महिला अघि बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
अहिले काठमाडौंमा करीव २८०० वटा सहकारी रहेकमोमा करीब १८५६ सहकारीलाई महानगरको सहकारी विभागले हेर्छ ।
तालिम प्रशिक्षक सुवासादेवीले घरमै बसेर खेर जाने समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि हुने सो कार्यक्रममा बताउँदै प्रशिक्षार्थीहरुको कार्यको प्रंशसा गरेका थिए ।
संस्थाका अध्यक्ष सरिता सापकोटाले यस किसिमको तालिमले महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने तथा सिप विकास क्षमताको अभिबृद्धि गर्ने बताए ।
Categorized in समाज