काठमाडौं । काठमाडौं महानगरले राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि विभिन्न वडाहरुमा स्टेशन स्थापना गर्ने भएको छ ।
महानगरको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाडौं– ३ महाराजगंज, वडा ८ जय बागेश्वरी, वडा १५ स्वयम्भू र वडा ३१ सुविधानगरमा राष्ट्रिय परिचय पत्र स्टेशन खडा गर्ने भएको हो ।
सरकारले जेष्ठ नागरिककाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यतिखेर परिचयपत्रको लागि सेवाग्राहीको भिडभाड बढ्न थालेपछि महानगरले उक्त स्टेशन स्थापना गर्न लागेको हो । ।
अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, राष्ट्रिय सभागृह, नारायहिटी दरवार संग्राहलय, जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट पनि परिचयपत्र दर्ता भईरहेको छ ।
Categorized in स्थानिय