४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरको बजेट कार्यक्रम सार्वजनिक (विवरण सहित)


प्रकाशित: विहिवार, १२ साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महागरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि बजेट कार्यक्रम सार्वजनिक गरेको छ ।

 
महानगरले गत असार २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको छैटौँ बैठकले संशोधनसहित वार्षिक बजेट स्वीकृत गरेको थियो ।


आ.ब.२०७९/०८० का लागि महानगरले २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । 

 


बजेट सम्बन्धी सामग्री हेर्न र पढ्न सजिलो होस भनेर क्युआर (क्वीक रेस्पोन्स) कोड बाट स्क्यान गर्न सक्ने बनाइएको छ । 


बजेट सार्वजनिक भएपछिको प्रतिक्रियामा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बजेट पारित गराउन र कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको प्रतिक्रिया दिएका छन । 


प्रमुख शाहले भने ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरीय सेवा पुर्‍याउन ३ गुणासम्म बजेट वृद्धि गरेका छौँ । यस्ता धेरै कुराहरु छन, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन । ती सबै कुराहरुलाई स्वागत गर्दछौँ ।’

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex