काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर बालेन शाहले असार २९ गते आइतबार दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरे ।
बैठकले उक्त प्रस्ताव पारित गर्दै आइतबारकै दिन २५ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।
नगर कार्यपालिकाको ४० औं बैठकमा अन्य कुनै एजेन्डा नराखिएको र बजेट मिति तोकेर बैठक सम्पन्न गरिएको थियो ।
कार्यपलिका बैठको भिडियो हेर्न क्लिक गरौं ।
Categorized in पालिका