२८ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरको बजेटः २५ अर्ब ५४ करोड, शिक्षमा ७ अर्ब विनियोजन


प्रकाशित: आइतवार, १० असार २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ ।


आइतवार महानगर उपप्रमुख सुनिता डंगोलले सो आ.व.को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेश गरेकी छिन । 


चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । 


चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको हो । 


महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो महानगरको सबैभन्दा ठुलो आय स्रोत हो । 


महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।


त्यसैगरी, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ ।


त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।


उपप्रमुख डंगोलले महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने बताईन ।

 
उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुने उल्लेख गरिन ।  


यस अघि आ..व. २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । 
 


बजेटको पूर्ण पाठः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD