८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरको बजेटः २५ अर्ब बढी, कुन–कुनक्षेत्र प्राथमिकता परे ?


प्रकाशित: शुक्रवार, १० असार २०७९, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । 


शुक्रवार महानगरकी उपप्रमुख सुनीता डंगोलले नगरसभाको एघारौं बैठकमा सो आकारको बजेट प्रस्तुत गरेकी छिन । सभामा प्रस्ताव गरिएको बजेटमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ महानगरको सञ्चित कोषमा जम्मा हुने रकम हो । 


३ अर्व ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो । 


सो बजेट अन्तर्गत आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लख २४ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको २.२४ प्रतिशत हो । 


कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्व ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ (२०.९६ प्रतिशत), पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैयाँ (४९.५७ प्रतिशत) विनियोजन गरिएको छ । 


बजेटको ७.२५ प्रतिशत अर्थात १ अबं ६२ करोड २८ लाख २२ हजार रुपैयाँ सामाजिक क्षेत्रमा र १९.९६ प्रतिशत अर्थात् ४ अर्व ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि विनियोजन गरिएको छ । 

 


बजेटमा परेका प्राथमिकताम परेका क्ष्क्षेहरु उपलब्ध स्रोत, सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै बिकासको गतिलाई तीब्रता दिने प्राथमिक कार्यक्रमहरु पेश गरिएको छ ।


सामाजिक, आर्थिक, भौतिक पूर्वाधार बिकास मार्फत समुन्नत र समाजबादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिमार्फत योगदान गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ ।


यस्तै लैङ्गिक समानता र सामाजिक समाबेसीकरणलाई टेवा पुग्ने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 


त्यसैगरी बिशेष महत्व केही योजना समावेश गरिएको छ । महानगरपालिका क्षेत्रभित्रका हिति, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्ने कामलाई मुख्य रुपमा राखिएको छ ।

 
वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने कार्यालयका रुपमा विकास गर्ने उद्देश्यकासाथ चालु आर्थिक बर्षको भन्दा आगामी बर्षका लागि झन्डै दोब्बर बजेट बिनियोजन गरिएको छ । 


महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित हरिभवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक सवारी यातायात सञ्चालन, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण, पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रमले प्राथमिकता पाएका छन । 


यसैगरी डबलीहरुको पुनस्र्थापना र एमपी थियटर निर्माण, सामुदायिक बिद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, वेस्ट टु इनर्जी प्लान्ट जडान, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण, महानगरपालिकाको विपद जोखिम नक्साङ्कन, आवधिक योजनालाई कार्यान्वयन चरणमा पु¥याउने, ई गभर्नेन्स मास्टर प्लान निर्माण, दमकल स्टेसनको बिस्तार, घर घरमा गइ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम प्राथमिकतामा परेका कार्यक्रम हुन् ।


युवा केन्द्रीत कार्यक्रमहरु, खेलकुद बिकासका लागि पूर्वाधार निर्माण तथा बिभिन्न कार्यक्रम सञ्चालन, महिलाहरुलाई सीप बिकासमार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भायता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, शीत भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा छन् ।


मृत जीवजन्तुको अन्तिम व्यवस्थापन, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रबर्धन, नदी नियन्त्रण तथा कोरिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात ब्यबस्थापनका लागि कम्पनी स्थापना तथा सञ्चालन जस्ता महत्वपूर्ण र रणनीतिक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको छ । 


सभाबाट पारित भएको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका  एकीकृत सीप बिकास कार्यक्रम, महानगर इ लाइब्रेरी, वडा वडामा मेलमिलाप केन्द्र तथा महिला सेल गठन तथा संचालन, न्यायिक समिति राष्ट्रिय सम्मेलन, वडा तहमा कानुनी परामर्श सहितको सेवाग्राही सहजता केन्द्र सञ्चालन, इन्द्रजात्रालाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन बिशेष कार्यक्रम संचालन, अनुसन्धान तथा बिकास, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षण विशेष कार्यक्रम, आविष्कार केन्द्र, सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा स्तरोन्नति गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि समेत बजेट बिनियोजन गरिएको छ ।

 
सभा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए । 


त्यस अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव लोकनाथ पौड््यालसहित नगर सभा सदस्यहरुको उपस्थिती रहेको थियो । 


सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले महानगरको अधिकार, क्ष्क्षेत्र, संघीयता, स्थानीय सरकारबारे चर्चा गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD