१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरको फोहरमैला बोक्ने गाडी चालकमा कोरोना देखियो


प्रकाशित: बुधवार, ७ जेठ २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरमा देखिएका कोरोना संक्रमित काठमाडौं महानगरपालिकाको फोहरमैला वोक्ने चालक भएको खुलेको छ ।


संक्रमित व्यक्ति भक्तपुर नगरपालिका वडा नं. ५ का ४२ वर्षिय पुरुष हुन । उनलाई मंगलवार राती नै प्रहरीले सशस्त्र प्रहरी अस्पताल बलम्बु पुराएको समाचार भक्तपुरको नमस्ते ख्वप टेलिभिजनले प्रसारण गरेको छ । 


त्यसैगरी भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पनि ती व्यक्ति भक्तपुर नगरपालिका ५ का वासिन्दा भएको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


समाचार अनुसार रातीनै सो क्षेत्र सिल गरेको भक्तपुर महानगरीय प्रहरी परिसर एसपी सबिन प्रधानले एसपी सबिन प्रधानले जनाएको छ ।


मंगलावार काठमाडौं उपत्यकमा ५ जना कोरोना संक्रमण पुष्टि भएकोमा भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।


काठमाडौंमा ३ जना र ललितपुरमा एक जना कोरोना देखिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD