३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको प्रशासकीय अधिकृत कोईरालाको विदाई, न्यौपानेको आगमन


प्रकाशित: सोमबार, ९ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासकिय अधिकृत यादवप्रसाद काईराललाई महानगरद्धारा आयोजित एक कार्यक्रमविच विदाई गरिएको छ । 


कोईराललाई नेपाल सरकारको सचिवको रुपमा मन्त्रिपरिषदको बैठकले संघीय तथा सामन्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । 


कोईराला काठमाडौं माहानगपालिकामा गत २०७५ बैशाख २ गते प्रशासकीय अधिकृतको रुपमा नियुक्त भई प्रवेश गरेका थिए । 


सो कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कोईरालाले आफ्ना कार्यकालमा गरेको महत्वपूर्ण कार्यहरुको बारेमा चर्चा गरेका थिए । 


उनले कोईरालाको सरुवा मन्त्रालयमा भएकोले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भावना सम्बोधन हुने साझा उपाय खोज्न आग्रह समेत गरेका थिए । 


बिदाइ कार्यक्रममा बोल्दै सचिव कोइरालाले आफू महानगरमा रहँदा शुशासन, भ्रष्टाचार न्युनीकरण र मेयर उपमेयरले जनतासँग गरेका बाचा पूरा गराउनेमा केन्द्रीत रहेको बताए । 


उनले महानगरले राम्रा नीतिगत व्यवस्था गरेको छ । तिनको कार्यान्वयनमा ध्यान दिनुपर्छ । मैले मन्त्रालयमा बसेर गर्न सक्ने काम भए अवश्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 


त्यसैगरी कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी, महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की लगायतले आ–आफ्ना विचारहरु राखेका थिए । 


केही दिन अघिको मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरपालिकाका लागि प्रशासकीय अधिकृतको रुपमा केदार न्यौपानेलाई नियुक्त गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex