२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए, को आए ?


प्रकाशित: शुक्रवार, ५ माघ २०८०, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन । 


शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको हो ।

 
यस अघि उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए । 


कर्मचारी नियुक्ती निर्णय प्रक्रिया हेरफेर प्रकरणमा नाम मुछिएर विदामा रहेका महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मन्त्रालयले मधेशी आयोगमा सरुवा गरेका छन । 


महानगरले अधिकारीलाई माघ १० गते सम्मका लागि बिदामा बस्न भनेको थियो । 


गत पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेकोमा  महानगरका स्वास्थ्य विभागका वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोपमा उनी सहित ३ जना कर्मचारी निलम्बनमा परेका छ ।


महानगरले मेयरको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल निलम्बनमा परेका छन ।

  
सो प्रकरण बाहिर आए लगत्तै यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएको भन्दै सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो ।  


यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex