काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा सोमबार सरकार सचिव केदार न्यौपानेले पदाभार ग्रहण गरेका छन ।
प्रशासकीय प्रमुख न्यौपानेले केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नेमा आफ्नो मुख्य ध्यान रहने बताए ।
पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवर्धन गर्ने, संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम मेरा प्राथमिकता हुन ।’
मन्त्रिपरिषदको बैशाख २ गतेको निर्णयले न्यौपानेलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गर्ने निर्णय गरेका थिए ।
सो अवसरमा बोल्दै महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको बिद्यमान अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
यस अघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारका सचिव यादवप्रसाद कोइराला रहेका थिए ।
Categorized in समाज