५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको पुरानो भवन बागदरबार सवलीकरण गर्न सम्झौता


प्रकाशित: शनिवार, १९ फागुन २०८०, १६ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालय बागदरबारलाई सवलीकरण गर्न सम्झौता गरिएको छ । 


महानगर र विल्डिङ् इनर्जी एफीसियन्सी इन, नेपाल (बीन) सँग शुक्रवार सम्झौता भएको हो । 


सम्झौतामा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बीनका परियोजना प्रबन्धक डेनियल नेयरले हस्ताक्षर गरेका छन । 


बागदरबारको सवलीकरण (रेक्टोफिटिङ्) गर्दा उर्जामैत्री भवन बनाउने आयोगका अध्यक्ष डा. राजभण्डारीले बताए । 


डा. राजभण्डारीले भने,‘बढ्दो वातावरणीय ह्रास घटाउन उर्जामैत्री भवन निर्माणमा काम सुरु भएपछि कार्वन उत्सर्जनबाट हुने असर कम गराउन मद्दत हुनेछ ।’


सम्झोता अनुसार डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने हुने मुख्य काम हुन । 


पुरातात्विक महत्व भएको बागदरबारको सवलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरु तताउन वा हावालाई दोहोरो आउने जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदुषण कम गराउने विधि अपनाउने विषयमा अध्ययनका आधारमा डिजाइनसमेत तयार पारिने छ । 


‘मानब बसोबासका लागि उपयुक्त सहर बनाउने प्रयासमा हामी सहयोग आएका हौँ । बागदरबारको अध्ययनपछि हामीलाई आधार तथ्याङ्क प्राप्त हुनेछ ।’ सम्झौतापछि प्रबन्धक नेयरले भने ।

  
उर्जामैत्री भवनमा यस्ता बस्तु तथा उपकरण जोड्दा ३ वटा मूख्य विषय हेरिन्छ । पहिलो हो, थोरै उर्जाले काम गर्ने विधि । यसमा प्राकृतिक उर्जाको प्रयोगलाई जोड दिइन्छ । दोस्रो हो, उर्जाको प्रयोग गर्नै परे थोरै प्रयोगबाट धेरै लाभ हुन सक्ने सामग्री छान्नु पर्छ । तेस्रो हो, नविकरणीय उर्जाको प्रयोग बढाउनुपर्छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex