३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको नयाँ योजना, बसभित्रै यात्रुलाई ट्राफिक नियम सिकाउने


प्रकाशित: सोमबार, २० जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक साधनमा यात्रा गरिरहेका यात्रुहरुलाई ट्राफिक सचेतनाको जानकारी दिने भएको छ । 


महानगरले सार्वजनिक यातायातका सवारीहरुलाई ट्राफिक सचेतनायुक्त समाग्री भएको पेन ड्राईभ उपलव्ध गराउने भएको छ । 


सवारी साधानले सो पेनड्राईभमा भएको समाग्रीहरु यात्रुलाई सुनाउनु पर्ने महानगरपालिकाको शहरी सुव्यवस्था विभाग प्रमुख हरिबहादुर कुँवरले बताए । 


कुँवरको अनुसार सो पेनड्राइभमा कसरी यात्रा गर्ने, चालक सहचालकले यात्रुलाई कस्तो व्यवहार गर्ने, ट्राफिक नियमको जानकारीलगायतका सामग्री रहेका छन । 


महानगरको यस कन्सेन्टमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, राष्ट्रिय यातायात व्यवसायी महासघं लगायतसँग छलफल गरेर योजना अघि बढाउने कुँवरले बताए । 


काठमाडौं महानगरपालिकामा टुँडिखेललाई केन्द्र बनाएर गुड्ने करिब २ हजार सार्वजनिक सवारी छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex