काठमाडौं । काठमाडौं महानगरपालिकाको शुक्रवार बोलाएको नगरसभा बैठक स्थगित भएको छ ।
शुक्रवार विहान ८ बजे बोलाएको बैठक बैठकनै नबसी ११ बजे स्थगित हुन पुगेको हो । बैठकमा महानगर प्रमुख बालेन्द्र साह (बालेन) कोे उपस्थिती नभएपछि बैठक बस्न सकेन ।
आ. व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटबारे छलफल तथा पारित गर्नेलगायत कार्यसूची अनुुसार महानगरको १५ औं अधिवेशनको चौथो बैठक शुक्रबार आव्हान गरेको थियो ।
यस अघि असार १० गते सोमवार महानगरको नगरसभाको तेस्रो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले २५ अर्व ७० करोड ६३ लाख २५ हजारको बजेट पेश गरेकी थिइन ।
उक्त बैठकमा नीति तथा कार्यक्रम पारितनै नगरी बजेट र नीति तथा कार्यक्रम एकैपटक पारित गर्ने गरी बजेट पेश गरिएको थियो ।
बैठकमा महानगरका प्रवक्त समेत रहेको वडा १७ वडा अध्यक्ष नविन मान्धर, १५ वडा अध्यक्ष ईश्वरमान डंगोल र ३२ वडा अध्यक्ष नवराज पराजुलीले नगर सभा सदस्यहरूसँग सामुहिक छलफल पश्चात नीति तथा कार्यक्रममा २८ बुँदे लिखित संशोधन प्रस्ताव पेश गरेका छन ।
प्रमुख शाह बैठकमा उपस्थित नहुँदा नीति तथा कार्यक्रम र बजेट पारित अनिश्चित भएको छ ।
यसैविच एक अर्काविच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । शुक्रबारको नगर सभा बैठक स्थगित भएपछि मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै भने,‘एमाले, कांग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो। मैले चार स्वतन्त्र सेनानी सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भनेँ,ु सायद कांग्रेस, एमालेले नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस, एमालेका नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानु भयो ।’
प्रमुख शाले संशोधन प्रस्तावहरू छलफल गराएर निर्णयार्थ नगर सभामा पेस गर्नुपर्ने हो तर कानुनी प्रक्रियाअनुसार महानगर अघि नबढ्दा आरोप, प्रत्यारोपका श्रृंखला चलिरहेका छन ।
काठमाडौं महानगर नगर सभा सञ्चालन कार्यविधि २०७४ को बुँदा नम्बर १६ का अनुसार हुन्छ वा हुन्न भन्ने (ध्वनि मतद्वारा) निक्र्यौल गर्ने गरी कुनै पनि प्रस्ताव निर्णायार्थ पेस गर्ने व्यवस्था छ ।
महानगरको नगर सभा सञ्चालन कार्यविधि २०७४ अनुसार पनि संशोधन प्रस्ताव दिन पाइने व्यवस्था छ । कार्यविधिको ४१ औं बुँदामा विधेयक वा प्रस्तावमा कुनै सदस्यले संशोधन पेस गर्न चाहेमा संशोधन प्रस्ताव अध्यक्षलाई दिन सक्छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बुँदा नम्बर ७१ मा बजेट पेस र पारित गर्नेसम्बन्धी व्यवस्था छ । यही ऐनले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने र असारभित्र पारित गरिसक्नुपर्ने भनेको छ ।
नगर सभामा पेस भएको बजेटमाथि १५ दिनभित्र छलफलको काम सक्नुपर्ने कानुनी व्यवस्था छ ।
नगर सभाबाट पारित भएको बजेट मात्र खर्च गर्न अख्तियारी हुने भएकोले स्थानीय सरकार सञ्चालन ऐनको ७३ औं बुँदामा नगर सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्न सक्ने अख्तियारी दिन पाउँछन ।
Categorized in स्थानिय