१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरको धुलो ईटा उद्योगलाई ! 


प्रकाशित: शुक्रवार, ३ साउन २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सडकबाट बु्रमरले संकलित गरेको धुलो ईंटा उद्योगलाई दिईने भएको छ । 


बु्रमरले दैनिक सङ्कलन गर्ने धुलो फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ । 


महानगरपालिकाका वडा नं. १५ का वडा अध्यक्ष एंव प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना रहेको छ । 


यस अघि सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । 


महानगरले सञ्चालन गरिरहेका सबै बु्रमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको प्रवक्ता डंगोलको भनाई छ । 


अहिले महानगरसँग खरिद गरेको ५ र अनुदानबाट प्राप्त २ गरी सातवटा ब्रुमर रहेको छ । प्रवक्ता डंगोलले महानगरलाई धुलोरहित बनाइरहेको दावी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD