काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरमा कवाड मजदुरले ढुङ्गा मुडा गरेका छन ।
महानगरका नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्रमा डोजर लगाएपछि कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा गरेका थिए ।
महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो ।
उनका अनुसार डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
फाइल तस्वीरः
Categorized in पालिका