काठमाडौँ । कोभिड विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम स्थगीत भएको छ ।
फागुन २३ गते सुरु भएको कोविड १९ विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम चैत ३ गते सकिएपछि अर्को सुचना नआएसम्मको लागि स्थगीत भएको हो ।
काठमाडौं महानगरका १४ वटा खोप केन्द्रबाट ४८ हजार ६८ जनाले खोप सेवा लिईसकेको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
दोस्रो चरण अन्तरगत पहिलो प्राथमिकतामा ६५ वर्ष उमेर समूहभन्दा माथिका जेष्ठ नागरिकलाई राखिएको थियो ।
जेष्ठ नागरिकलाई खोपप्रति प्रोत्साहन गर्न महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोलीले खोप केन्द्रको अनुगमन गरेको थियो ।
महानगरपालिकाले खोप केन्द्रमा बस्नका लागि कुर्सी, तातो र चिसो पानी, चिया, कुकिज, फलफुल र टेण्टको व्यवस्था पनि गरेको थियो ।
Categorized in स्वास्थ्य