९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै, आगामी बजेट, नीति तथा कार्यक्रम पेश हुने


प्रकाशित: शुक्रवार, २७ असार २०८२, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार दिउँसो २ बजे बस्दैछ । 


मेयर बालेन शाहले बोलाएको उक्त बैठक आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गर्ने निर्णयका लागि बसेको हो । 


कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।


यसअघि मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण बैठक हुन नसक्दा कानुनले तोकिएको असार १० भित्र बजेट पेश गर्न महानगर असफल भएको थियो ।

 
स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।


तर आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन । उनले मेयरले बैठक बोलाएको जानकारी पाएको र आफू पनि उपस्थित हुने बताए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex