२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरको कार्यपालिका बैठकमा पार्किङको विषयमा भनाभन


प्रकाशित: मंगलवार, १ फागुन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाठौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा पार्किङको विषयमा महानगर प्रमुख बालेन्द्र साह (वालेन) र २२ वडा अध्यक्ष चिनिकाजी महर्जनविच भनाभन भएको छ ।


मंगलवार महानगरको कार्यालय काठमाडौं प्लाजामा २८ औं नगर कार्यपालिका बैठकमा सो भनाभन भएको हो । 


बैठकमा वडा अध्यक्ष महर्जनले पार्किङ हटाएको विषयमा प्रश्न गरेपछि भनाभन भएको हो । 


विविध प्रस्तावमा नयाँ सडकको कालोपत्र सडकबाट पार्किङको विषयमा छलफल गर्ने स्वीकार्य भयो भनी वडा अध्यक्ष महर्जनले प्रस्ताव गरेका थिए । 


सो प्रस्ताव गरे लगत्तै प्रमुख बालेन भने,‘पहिला यस्तो कुरा हाम्रो २ बर्ष अगाडी हाम्रो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमा नीतिमा कालोपत्र गाडी कुदाउन हो ठेला राख्न हैन, फुटपाथ चाही मान्छेलाई हिड्न हो भनेर पार्किङ गर्नलाई होइने भनेर नीति पास भएको हुनलाई नगरसभाको विषय हो, कार्यपालिकाले अहिले छलफल गर्न उचित हुन्छ हुँदैन भन्दै महानगरका कानुन विभाग प्रमुख बसन्त आचार्यलाई सोधेका थिए ।’


आचार्यले सो विषय नगरसभाबाटै छलफल गर्न सकिने जवाफ दिएका थिए । 


सो जवाफ पछि प्रमुख बालेनले भने,‘ ठेला राख्न जति ठाउँ चाहिन्छ, बाइक पार्किङ गर्न लाई पनि त्यति ठाउँ चाहिन्छ, भने पछि ठेला चाहि हटाउने बाइक पार्किङ गर्न दिन मिल्छ ?’


सो जवाफ पछि वडा अध्यक्ष महर्जनले यो विषय र पार्किङ विषय फरक भएको भन्दै आफुले फुटपाथमा पार्किङ गर्न भनेको होइन मैले सडकमा कुरा गरेको भनेपछि प्रमुख बालेनले सडकमा पार्किङ गर्न पाईदैन भन्दै जवाफ दिएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD