८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरको कल सेन्टरमा ४ हजार १२८ गुनासो टिपोट


प्रकाशित: सोमवार, १३ असार २०७९, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको जनगुनासो सुन्ने कल सेन्टरमा ४ हजार १२८ गुनासो टिपोट भएको छ । 


सञ्चालन गरेको २० दिनकै बीचमा उक्त संख्यामा महानगरवासीले आफ्नो समस्याहरु (गुनासो व्यवस्थापन तथा सोधपुछ) मा टिपाएका थिए । 


२४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका थियो । महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । 


विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।


तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको छ ।


अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्‍याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।


सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोल फ्रि सञ्चालन गरेका थियो । सूचना प्रविधि विभागका प्रमुख नमराज अनुसा कोभिडको समयमा परामर्श र सेवाका लागि सञ्चालन गरिएको ११८० नम्बरको टोल फ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD