१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरको एक शिक्षक एक ल्यापटप अभियान


प्रकाशित: आईतवार, ६ भाद्र २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरको एक शिक्षक एक ल्यापटप अभियान अन्तर्गत आईतवार कन्या मन्दिर माद्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको छ । 


विद्यालयका २७ जना शिक्षकलाई ल्यापटप दिएको महानगरका शिक्षा अधिकृत मोतीराज खनालले जानकारी दिए । सो अवसरमा कापमा २५ वडा वडाध्यनीलकाजी शाक्य र १७ वडा नविन मानन्धरको पनि उपस्थिती रहेको थियो ।


शिक्षा अधिकृत खनालले चालु आर्थिक बर्षको कार्यक्रममा महानगरले शिक्षकका लागि ल्यापटप खरिद गर्न बजेट विनियोजन गरेको जानकारी दिए   । वितरण गरिएका ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद गरिएका हुन ।


ल्यापटप वितरण कार्यक्रममा शिक्षक संघकातर्फबाट नारायण गौत्तम, अखिल नेपाल शिक्षक संगठनकातर्फबाट डिल्लीराज शर्मा, एकीकृत शिक्षक संगठनकातर्फबाट बाबुराम घिमिरेले आ–आफ्नो धारणा राखेका थिए । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पमान मानन्धरले शैक्षिक सुधारमा परिणाम देखिन थालेको बताए ।  


विद्यालयले यस अघि इजी एप्लिकेसन प्रयोगमा ल्याइसकेको छ । व्यवस्थापन समितिमा शिक्षकको प्रतिनिधित्व गर्ने घनश्याम न्यौपानेले प्रविधिको उपयोगमा विगत अभ्यासका बारे जानकारी गराए ।

 
यस अघि वडा ६ को जनकल्याण माद्यमिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप दिइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD