६ भाद्र २०८३, शनिबार
Header

काठमाडौं महानगरको उपमेयरमा महानगर प्रवक्ता ईश्वरमानको चर्चा


प्रकाशित: बुधवार, ७ बैशाख २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको उपमेयर (उपप्रमुख) महानगर प्रवक्ता तथा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको नाम चर्चामा रहेको छ । 


सत्ता गठबन्धनले काठमाडौं महानगरको उपमेयर नेकपा एकिकृत समाजवादीलाई दिने भएपछि यतिखेर डंगोल उपमयेरको संभावित नाम भएको १५ वडा महिला सदस्य तथा समाजवादी नेतृ मैया लक्ष्मी महर्जनले बताईन । 


उनले भनिन,‘अहिले सम्म नाम कन्फर्म नभएपनि उहाँ पनि उपमेयरको सम्भावित नाम हो । केन्द्रले टुंगो लगाएपछि मात्र ठयाक्कै यो उम्मेदावार हो भन्न सकिन्छ ।’


एकीकृत समाजवादीबाट उपमेयरका लागि डंगोलसँगै शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चमा छ । एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानन्धरका अनुसार केही दिनमा यसबारे निर्णय हुनेछ । 


एकीकृत समाजवादीले लैंगिक समानतालाई समेत ख्याल गर्दै कांग्रेसले प्रमुखमा महिला सिफारिस गरे पुरुष र पुरुष सिफारिस गरे महिलालाई उम्मेदवार बनाउने तयारी गरेका छ । 


गबन्धनका प्रमुख घटक नेपाली कांग्रेसले महानगर प्रमुखमा सृजना सिंहलाई सिफारिस गर्ने तयारी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex