११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरको आय प्रक्षेपण, ३ बर्षमा १६ अर्ब ६६ करोड


प्रकाशित: बुधवार, २७ पुस २०७९, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको ३ आर्थिक बर्षको आय प्रक्षेपण गरेको छ । 


मंगलवार राजस्व परामर्श समितिको बैठकले आर्थिक बर्ष २०८०/०८१, ०८१/०८२ र ०८२/०८३ को आय प्रक्षेपण गरेको हो । 


जस अनुसार आ. व. २०८०/०८१ को आय ११ अर्व ८० करोड २० लाख रुपैयाँ हुनेछ । 


आ. व. ०८१/०८२ को १३ अर्व १२ करोड ३० लाख रुपैयाँ र  आ. व. ०८२/०८३ को १३ अर्व ६६ करोड ३० लाख रुपैयाँ आय हुनेछ । 


बैठकमा अधिकारीहरुले नेपाल सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने समानीकरण, शसर्त तथा निशर्त अनुदान, राजस्व बाँडफाँड, रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरुको सिलिङ् प्राप्त नभएकोले प्रक्षेपित अङ्क थपघट हुन सक्ने बताएको छ ।   


महानगरले आ. व. ०७८/०७९ मा १० अर्व ६० करोड ४८ लाख ३८ हजार रुपैयाँ आय गरेको थियो । 


चालु आर्थिक बर्षको अनुमानित आय १० अर्व ४१ करोड ९५ लाख ९ हजार रुपैयाँ हो । 


जसमध्ये अहिलेसम्ममा ४ अर्व ४१ करोड ६५ लाख ४ हजार रुपैयाँ आय संकलन भइसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD