२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको  बाल अस्पताललाई चार करोड सहयोग


प्रकाशित: विहिवार, १० कातिक २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठमा बन्न लागेको वाल अस्पताललाई चार करोड आर्थिक सहयोग गर्ने भएको छ । 


महानगरले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महानगरले उक्त सहयोग गरेको हो । 


विहिवार सहयोगका लागि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले सम्झौता(पत्रमा हस्ताक्षर गरे ।


सो अवसरमा प्रमुख शाक्यले मुलुक संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।


‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’


हेल्थका अध्यक्ष कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलि भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टीकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex