१ जेठ २०८१, मंगलबार
Header

काठमाडौं महानगरका २ हजार ३२२ जनाले पाए छात्रबृत्ति, बालेनले दिए बधाई


प्रकाशित: सोमवार, २९ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ का विद्यार्थीका लागि लिएको छात्रबृतिमा २ हजार ३२२ जनाले छात्रबृत्ति पाएका छन । 


महानगरले साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेका छन । 


प्रकाशित सुचना अनुसार विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने छन । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले छात्रवृत्ति कोटामा अध्ययन अवसर प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई दिएका छन । 


साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु शिफारिस गरिएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD