२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरका २५ जना कर्मचारीले जागिरबाट पाए अवकास


प्रकाशित: बुधवार, १७ माघ २०८०, २०ः२५ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका विभिन्न पदमा रहेका २५ जना कर्मचारीले अवकाश (विदाई) पाएका छन ।


गत असोज महिनादेखि हालसम्ममा विदाइ भएर जाने विभिन्न पद र तहका २५ जना कर्मचारीलाई एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको हो ।


काठमाडौं महानगरपालिका उप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारले विदाइ गरेका थिए । 


कर्मचारीहरुले आफ्नो सेवा कालमा गरेका योगदानको कदरसहित उनीहरुलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।

 
सो अवसरमा विदाई भई जाने सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले आफ्नो अनुुभव सुनाएका थिए । 


उनले भने,‘२० बर्षे सेवा अवधिमा ३२ जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेको यसरी हेर्दा औसतमा १ जना प्रमुख प्रशासकीय अधिकृतका पदावधि १ बर्ष पनि रहेन, दिगो विकासका लागि स्थिरताको खाँचो छ ।’


विदाई हुने कर्मचारीमा थापासँगै देवेन्द्र पोखरेल, रविन्द्र राई, मोतीप्रसाद खनालसहित रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD