२९ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरका १३ हजार विद्यार्थीले पाए छात्रबृति, विवरण नबुुझाउनेलाई एक लाख जरिवाना 


प्रकाशित: मंगलवार, ५ असार २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्रका १३ हजार विद्यार्थीहरुले छात्रबृति प्राप्त गरेको महानगर प्रमुख बालेन्द्र साह (वालेन)ले जानकारी दिएका छन । 


महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाउँदा सो छात्रबृति प्राप्त गरको उनले बताए । 


उनले भने,‘त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिनेछ ।’


उनले यो महानगरको इतिहासमा यो पहिलो पटक भएको उल्लेख गरेका छन । 


हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने प्रमुख साहले बताएका छन । 


मौका दिएर पनि विवरण नबुझाउने विद्यालयहरुलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने चेतावनी दिएका छन । 


‘विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।’ उनले भने । 


यस अघि महानगरले विवरण नबुुझाउने विद्याहरुलको विवरण सार्वजनिक गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD