४ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट भेरोसेल खोप दिईने


प्रकाशित: विहिवार, १७ असार २०७८, १२ः१५ बजे
- महानगरखवर

काठमाडौं । जेठ २५ गते पहिलो भेरोसेलको खोप लिएकाहरुलाई असार २२ गतेबाट दोस्रो खोप दिईने भएको छ । 


असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन काठमाडौं महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रमा गएर खोप खोप लगाउन सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने  भएको हो । 


सो दिन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि ४ बजेसम्म पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्नेछ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD