२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरका स्वयमसेविकाका लागि निर्देशिका जारी हुने


प्रकाशित: आईतवार, २२ माघ २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरमा कार्यरत स्वयमसेविकाको व्यवस्थपान तथा हितको लागि निर्देशका आउने भएको छ । 


महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका परिचालन तथा कोष सञ्चालन निर्देशिका २०७९ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय गरिएको छ । 


निर्देशिकामा स्वयसेविकाहरुको व्यवस्थापन, हित र परिचालनलाई व्यवस्थापन गर्न, सामुदायिक महिला समूहको गठन, स्वयमसेविका छनौट, कार्य अवधि, पद रिक्त हुने अवस्था, तालिम तथा क्षमता विकास, काम कर्तव्य र अधिकारलगायत विषय समेटिने छन । 


स्वयमसेविकाहरुको हित प्रवर्धन गर्न सञ्चालन गरिने केन्द्रीय र वडा स्तरीय कोष सञ्चालन, प्रोत्साहनका कार्यक्रम निर्देशिकामा समेटिएका छन । 


खोपलगायत स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन हुँदा स्वयमसेविकाहरु परिचालन हुने गरेका छन । 


महानगरबासीको स्वास्थ्यमा सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वस्थ्य सहर निर्माणको लक्ष्य पूरा गराउन स्वास्थ्य स्वयमसेविकाहरुको परिचालन गर्न सरकारले कार्यक्रम सञ्चालन रणनीति जारी गरेको छ । 


शुक्रबार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले मस्यौदा विधान समितिमा पठाउने निर्णय गरेको हो । 


बैठकले स्वयमसेविकाहरुको तालिम लगायत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, उमेर हदका कारण सेवा रहन नसक्ने स्वयमसेविकाहरुको विदाइ गर्ने लगायत विषयमा छलफल  गरेको थियो । 
महानगरमा २०५२ सालदेखि स्वास्थ्य स्वयमसेविकाहरु काम गरिरहेका छन । 


५५८ संख्यामा रहेका स्वयमसेविकामध्ये ५ जनाको मृत्यु भइसकेको छ । विदेश गएर वा यस्तै अन्य कारणले २५ जना अनुपस्थित छन् । बाँकी ५२८ मध्ये ६३ जनाको उमेर ६० बर्ष पूरा भइसकेको छ । 


बैठकमा महानगरका प्रवक्ता नविन मानन्धर, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन सहित अधिकारीहरु सहभागी थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD