काठमाडौं । काठमााडौं महानगरपालिकाका नायब सुब्बा कृष्णप्रसाद सोती १ लाख ७ हजार घुससहित पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोतीलाई बबरमहलस्थित कार्यलयबाट रंगेहात पक्राउ गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्याएको अनुदानको रकममा भाग खोजेपछि उनी उक्त रकम सहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
पर्यटन प्रबद्र्धनका लागि मन्त्रालयले एक गैरसरकारी संस्थालाई छुट्याएको रकममा कमिसन मागेको सुचना अख्तियारले पाएपछि उनी पक्राउ परेको हो ।
मन्त्रालयबाट स्वीकृत कार्यक्रम सकिएर बिल फछ्र्यौट गर्ने वेलामा नासुले रकम मागेको बुझिएको छ ।
Categorized in स्थानिय