१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौं महानगरका विद्यालयहरुमा डिआई नराख्न निर्देशन


प्रकाशित: शुक्रवार, ६ पुस २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा अनुसान इन्चार्ज (डिआई) नराख्न निर्देशन दिएको छ । 


महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले शुक्रवार एक परिपत्र गरी सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन ।


‘विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने समेत गरेको गुनासो प्राप्त भएकाले विद्यार्थी मैत्री सिकाई कोइरालाले जनाए । विद्यार्थीमैत्री सिकाई वातारण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (DI) राख्ने व्यवस्था नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।’ परिपत्रमा उल्लेख छ ।


विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा विद्यालयमा डीआई राख्ने गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD