२७ जेठ २०८०, शनिबार
Header

काठमाडौं महानगरका वडा अध्यक्षको टोलीले स्थलगत कर अनुुगमन गर्ने


प्रकाशित: विहिवार, ११ जेठ २०८०, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्षहरुको टोलीले स्थलगत कर अनुुगमन गर्ने भएको छ ।


वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी र बाह्रय व्यक्तिहरुको एक टोलीले आ–आफ्नो वडामा रहेका पसल, व्यवसायिक संघ, संस्था, घरको बहाल तथा सम्पतीको करको स्थलगत अनुुगमन गर्ने भएको हो । 


टोलीले सम्बिन्धत करदाताहरुको स्थलमा गई अनुुगमन गर्ने र सम्पती, बहाल, व्यवसाय फारम भर्न लगाई आवश्यक कागजातहरु लिने, करदातारुलाई अनलाईन कर प्रविष्टीबारे जानकारी दिने तथा प्रमाणपत्रहरु स्थलगत रुपमा प्रदान गर्नेछ । 


अनुुगमन टोलीले दैनिक ८ घण्टाको दरले अनुुगमन गर्नु पर्ने, अनुुगमन वापत १ हजार सुविता भत्ता वडाले प्रदान गर्नेछ ।


यसैविच, महानगरको राजस्व विभागले बहाल कर महानगरमा मात्र तिर्न अनुरोध गरेको छ ।  


महानगर क्षेत्रभित्र भएका बहाल कर तिर्नु पर्ने करदातालाई अनुरोध गर्दै विभागले भनेको छ, ‘संवैधानिक तथा कानुनी व्यवस्था अनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तह (काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र महानगरपालिका) को मात्र अधिकारमा छ । 


करदातालाई महानगरले द्विविधामा नपर्न भन्दै बहालकर महानगरमै तिर्न भनेको छ ।


विभागका प्रमुख ध्रुबकुमार काफ्ले भने, ‘नेपालको संविधान २०७२ को धारा ५७ (४) र अनुसूची ८ मा घरबहाल कर संकलन गर्ने व्यवस्था स्थानीय तहको एकल अधिकारमा छ । यो अधिकारको प्रयोग गर्न नगर सभाले बनाएको कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ ।’

 

jibanshaili
Home Page Bottom Second


chunikhel ad
maharjan complex
kmc AD