काठमाडौँ । काठमाडौं महानरपालिका दोस्रो कार्यपालिका बैठकले महानगरका उपाध्यक्ष सुनिता डंगोलसहित विभिन्न वडा अध्यक्षहरुलाई विषयगत समितिको जिम्मेवारी तोकेको छ ।
आईतवार महानगर प्रमुख बालेन्द्र साह (वालेन) को अध्यक्षतामा बसेको नगरपालिका पूर्ण बैठकले महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्य सचिव राजस्व विभागका प्रमुख र उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धि संस्थाका प्रतिनिधि सदस्य रहने छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ ।
बैठकले विभिन्न विषयगत समितिको संयोजकहरुमा सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल तोकिएको छ ।
वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धरले संयोजकको जिम्मेवारी पाएका छन ।
यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक चुनिएको छ ।
काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको छ ।
Categorized in स्थानिय