२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारले गरे पदबहाली


प्रकाशित: बुधवार, १० माघ २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले पद बहाली गरेका छन ।


बुधवार परियारले कमलादीस्थित कार्यालयमा विभागीय प्रमुखहरुको उपस्थितीमा गरेको महानगरपालिकाले जनाएको छ ।


राष्ट्रिय योजना आयोगबाट उनलाई माघ ३ गतेको मन्त्रिपषिदको निर्णय अनुसार काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ । 


यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ । 


प्रमुख प्रशासकीय अघिकृत परियारले पदवहाली गरेपछि संक्षिप्त प्रतिक्रिया दिदै भने,‘ ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’


उनले सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्नेमा जोड दिनु पर्ने समेत बताएका थिए ।

 
वि. सं. २०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन । 
परियारले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD