२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरका निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल र अधिकृत विडारीलाई सजायको सिफारिस


प्रकाशित: शुक्रवार, ४ फागुन २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई कारबाहीको लागि सिफारिस गरेको छ । 


महानगरले फागुन २ गते बागमती प्रदेशको प्रदेश लोकसेवा आयोग हेटौठा मकवानपुरलाई पत्रलेखि सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।


काठमाडौं महानरका १९ वडाका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कर्मचारी  राख्ने निर्णय हेरफेर गरी बिडारीकी छोरीे नाम पनि झुक्याएर प्रमाणित गराएको आरोपमा महानगरले बिडारी, पौडेल र मेयर सचिवालय प्रमुख नुरनिधि न्यौपानेलाई निलम्बन गरेको थियो ।


सो प्रकरणको छानविन लागि महानगरले गठन गरेको छानविन समितिले समितिले २६ माघमा प्रतिवेदन बुझाएका थियो । 


छानिविन समितिबाट प्राप्त प्रतिवेदनमा निलम्बनका परेका कर्मचारीहरुले पदीय जिम्मेवारी नदेखएको उल्लेख गरी लोकसेवा आयोगलाई सो पत्र लेखिएको छ ।  

 
महानगरले पौडेल र बिडारीलाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ (१) (क) अनुसार कसुर माग गरेको छ ।

 
निलम्बनमा परेका नुरनिधी न्यौपाने र शिक्षा विभागका प्रमुख रामप्रसाद कोइरालालाई भने कार्यापालिकाको बैठकले निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगमा परामर्श गर्नुपर्ने भएकाले उक्त जिम्मेवारी सुशासन समितिले पाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD