४ जेठ २०८१, शुक्रबार
Header

काठमाडौं महानगरका तीन वटा विद्यालयमा लगाएको ताला खोलियो


प्रकाशित: मंगलवार, ३० जेठ २०८०, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । विभिन्न माग राखी अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौं महानगरका तीन वटा विद्यालयहरुमा लगाएको ताला काठमाडौं महानगर प्रहरीले खोलेको छ ।


मंगलावार नगर प्रहरीले काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा लगाएको ताला खोलेको हो ।

 
उनीहरुले विद्यार्थीहरुलाई प्रदान गर्ने छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर ती विद्यालयमा तालाबन्दी गरेका थिए । 


महानगर प्रमुख बालेन्द्र साह बालेनले विद्यालयमा तालाबन्दी गर्नु अपराध भएको भन्दै ताला खोल्न निर्देशन दिएपछि महानगर प्रहरीले ताला फोडेको हो । 


उनले भने ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ । चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ ।’


उनले महानगर क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने भन्दै कुनै विद्यालयले नियमको पालना नगरे उजुरी गर्ने व्यवस्था रहेको बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD