५ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरका तत्कालिन कर्मचारी प्रजापतिलाई किन हटाईयो ?


प्रकाशित: मंगलवार, २० बैशाख २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको तत्कालिन कर्मचारी रश्मिला प्रजापतिलाई  हटाउनुको कारण सार्वजनिक भएको छ ।


प्रजापतिले काठमाडौं महानगरका तत्कालिन मेयर केशव स्थापितले आफूूलाई गरेको यौन दुुब्र्यवहारको प्रतिवाद गरेपछि जागिरबाट निकालेको आरोप लगाउँदै आएकी छिन । 


तर उनलाई सेवाबाट हटाउने बारे यौन दुुब्र्यवहार कारण नभई आर्थिक अनियमितता र कर्मचारी युनियन विरोधको कारण सेवाबाट हटाईएको समाचारहरु बाहिर आएको छ । 


सार्वजनिक भएको माईनुट लेखिएको छ,‘हनुुमानढोका दरवार संरक्षण कार्यलयमा कार्यरत शाखा अधिकृत श्री रश्मिला प्रजापतिलाई तत्कालै का.म.पा.को अतिरिक्त समूहमा सरुवा गर्ने र निजबाट भए गरेका अनियमिताको सम्बन्धमा चार संगठनका प्रतिनिधि २ जना र कार्यकारी अधिकृतले खटाएको २ जना समेत रहेको टोली गठन गरी छानविन गर्ने र १ हप्ता भित्र प्रतिवेदन लिने । छानविनबाट देखिएको कसुरको मात्रा अनुसार निजलाई कार्वाही गर्ने ।’ उल्लेख छ ।


सोही निर्णय विमोजिम प्रजापतिलाई अवकास दिएको बुझिएको छ । निर्णय अनुसार महानगरको सेवामा रहँदा प्रजापति विवादमा  देखिएको छ । 


उनलाई महानगरले मिति २०६० साल कातिक ३ गते सेवाबाट अवकास दिएको थियो । तत्कालिन नि. कार्यकारी अधिकृत गोपाल प्रसाद पराजुलीको हस्ताक्षरमा जारी  पत्रमा ‘मिति महानगरपालिका कार्यलयको मिति मिति २०६०/७/३ गतेको निर्णय अनुसार तपाईलाई मिति २०६०/७/४ गते देखि लागु हुनेगरी अवकाश दिएको ब्योहोरा निर्णायानुसार अनुरोध छ ।’

 


काठमाडौं महानगरले २०७५ कातिक १२ गते एक विज्ञप्ती जारी गरी त्यसबेला विभिन्न सञ्चार माध्यममा तत्कालिन महानगर प्रमुख तथा प्रदेश नं. ३ (हाल बागमति प्रदेश) भौतिक विकास पूर्वाधार मन्त्री स्थापितका सम्बन्धमा महानगरसँग जोडी भ्रमपूूर्ण व्ब्योहारा उल्लेख भएको भन्दै सोको खण्डन गर्दै प्रजापतिलाई सेवाबाट हटाईनुको कारण प्रष्ट पारेका थिए । 


साथै त्यसबेला स्थापित महानगरको प्रमुख नरहेको पनि विज्ञप्तीमा उल्लेख छ । 


प्रजापतिले स्थापितलाई लामो समयदेखि यौन दुुराचारको आरोप लागाउँदै आएको र स्थापितले पनि सोको विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक फोरमहरुबाट प्रतिवाद गर्दै आएका छन ।

 
यतिखेर यो विषयमा फेरि विवाद चर्किएको छ । स्थापित काठमाडौं महानगरमा मेयर उम्मेदवार बनेपछि स्थापितले यौन दुराचार आरोपको सामना गर्नु परेको छ । 


केही दिन अघि काठमाडौं भएको एक कार्यक्रममा स्थापितलाई एक युवतीले सोधेको प्रश्नमा भएको विवादको कारण निर्वाचन आयोगले स्थापितलाई स्पष्टीकरण मागेको छ ।


स्थापितको मेयर उम्मेदवारको खोरजी माग गर्दै विभिन्न ४५ संस्थाले दिएको उजुुरीमा आयोगको आचार संहिता विपरित भएको भन्दै ती संस्थासँग आयोगले ३ दिनभित्र लिखित जवाफ माग गरेको छ । 


सार्वजनिक पद धारण गर्ने वेलामा आईरहने स्थापित विरुद्ध यौन दुराचारको आरोप प्रजापतिले पुष्टि गर्न भने सकेको छैन । न त उनले कुनै कानुुनी उपचारनै खोजेकी छिन । 


यता स्थापितले आफूूमाथि बेला बेलामा लाग्ने यस आरोपको छिनोफानो गर्न कुनै कानुनी सहायता खोजेको छैन । जसको कारण पनि यो विवाद सधै चर्चामा आईरहने गर्दछ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD