८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरका खोपकेन्द्रबाट चार दिनमा ४३ हजार बढीले भेरोसील खोप लिए


प्रकाशित: विहिवार, ६ जेठ २०७८ २०७८, १३ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाको खोप केन्द्रबाट बुधवारसम्म ४३ हजार १८ जनाले चाईनजी खोप (भेरोसील) लिएका छन । 


जेठ २ देखि ५ गतेसम्ममा महानगरका ३२ वटा खोप केन्द्र र शि. वि. शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ वटा खोप केन्द्रबाट खोप लिएके महानगरपालिकाले जनाएको छ । 


महानगरपाकिलाका अनुसार २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिलाले दोस्रो खोप लगाईसकेका छन । 


महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो ।


जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । 


२०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरुले जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते र बैशाख ३ र ४ गते पहिलो खोप लगाएकाले बैशाख ५ गते दोस्रो मात्राको खोप लगाएका हुन ।


त्यसैरी बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई र जेठ ८ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई दोस्रो मात्रा खोप दिइनेछ ।


बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।


महानगरमा भएका खोप केन्द्रहरुको महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित अधिकारीहरुले खोप केन्द्रमा गएर अनुगमन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD