४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरका कर्मचारीलाई सेवाग्राहीप्रति अनुशासित हुने तालिम प्रदान 


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीप्रति कसरी अनुशासति हुने विषयमा कर्मचारीले २ दिने अभिमुखिकरण तालिम लिएका छन । 


जनतासँग सिधा सम्पर्कमा जोडिने कर्मचारीहरुले कसरी उनीहरुसँग व्यवहार गर्ने भन्ने विषयमा स्किल बेस्ड टे«निङ् एण्ड कन्सल्टेन्सीको सहयोगमा तालिम दिएको थियो । 


राष्ट्रिय सभा गृहमा आइतबार र सोमबार आयोजना गरिएको तालिममा कर्पोरेट कल्चर, शारीरिक हाउभाउबाट प्रदर्शन हुने सञ्चार, सेवा प्रवाहमा भाव र अर्थ, प्रभावकारी सुनुवाइ, आँखा र कानको सक्रियता, अभिवादन कला, आवाजको उतारचढाबको अर्थ, बिनयशीलता र पोशाकबाट पर्ने प्रभावका बिषयमा कक्षा सञ्चालन गरिएका थिए ।


महानगरका सहसचिव डा. टोकराज पाण्डेले तालिमको विषयमा जानकारी दिँदै यस प्रकारको तालिमबाट सार्वजनिक सेवाका कर्मचारी उत्प्रेरित हुने बताए । 


मानव शंसाधन महाशाखाका प्रमुख बखतबहादुर साउदले सरकारी कर्मचारीका प्रत्येक आचरण सेवाग्राहीसँग जोडिएकोले सानातिना कुरा भनेर गरिएको वेवास्ताले सेवाप्रति सेवाग्राही रिसाएका हुन सक्ने बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex