११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरका एक हजार ५ सय ५० कर्मचारीको एक तह बढुवा


प्रकाशित: विहिवार, २६ फागुन २०७७, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका एक हजार ५ सय ५० कर्मचारीको एक तह बढुवा गरिएको छ । 


महानगरपालिकाले ती कर्मचारीलाई एक तहमाथिको पदमा समयोजन गरेको जनाएको छ । काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो । 


बढुवा भएका कर्मचारीहरुले महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा बढुवा पत्र बुझेको छ । कार्यक्रममा महानगरका प्रमुख शाक्यले कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने जनप्रतिनिधिको नीति जनतामा पुग्ने सुनाए । कर्मचारीको समायोजन सेवाप्रतिको उत्प्रेरणाका लागि पनि भएको शाक्यले भनाई राखे । 


सो अवसरमा कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बढुवासँगै तपाईहरुको काँधमा ठूलो जिम्मेवारी थपिएकोले हामीले नगर सभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेका बताईन । 


‘नतिजामुखी कार्यप्रणाली अहिलेको आवश्यकता हो । समायोजनका क्रममा सामुहिक हित र व्यवहारिकता हेरिएको छ । कर्मचारीले आदेशको सृङ्खला (चेन अफ कमाण्ड) मान्नुपर्छ ।’ प्रमुख पशासकीय अधिकृत राजेश्वर देवकोटाले भने । 


कार्यक्रममा वसन्त आचार्यले, समायोजनको कामलाई परिणाममा ल्याइपु¥याउनेप्रति धन्यवाद शीर्षकमा लेखिएको कविता वाचन गर्नुभएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD