२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महनगरको सडक निर्माण वा मर्मत गर्न स्वीकृति लिनु पर्ने कार्यविधि बनाइदै


प्रकाशित: मंगलवार, १३ चैत्र २०८०, २०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरमा ८ मिटर चौडाई कम भएका सडक निर्माण वा मर्मतको लागि महानगरसँग सहमित वा स्वीकृत लिनु पर्ने लगायतको विषयमा सरोकारवाला निकायसँग छलफल भएको छ । 


मंगलवार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ‘पूर्वाधार समन्वय बैठक’ कार्यविधिको मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेको छ । 


समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रतिनिधि हुनेछ । 


कार्यविधि तर्जुमा गर्नेसहित बैठकमा ११ वटा विषयमा छलफल गरिएको थियो ।  


बैठकले ८ मिटरभन्दा कम चौडाइ भएका सडक निर्माण वा मर्मत गर्दा काठमाडौँ महानगरपालिकासँग सहमति तथा स्वीकृति लिनुपर्ने, उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरणलगायत पैदल मार्गमा काम गर्नु पर्ने निकायले खन्नु अघि महानगरपालिकासँग सहमति लिनु पर्ने निर्णय गरेको छ । 


त्यसैगरी, बैठकमा सडक विभाग र महानगरपालिकाको समन्वयमा खाल्टाखुल्टी पुर्नु पर्ने, वडा नं. ६ कपनमा रहेको चकुञ्चा खोलामा काठे पुल र पर्खाल बनाउने, खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र नेपाल विद्युत प्राधिकरणले खनेका सडक तत्काल निर्माण गर्ने, महानगरपालिकाभित्रका पोखरीमा खानेपानी लिमिटेड, कार्यान्वयन निर्देशनालयले पानी उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो । 


नदी किनाराका पार्क निर्माण तथा व्यवस्थापन र नदीको सीमाङ्कनका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको महानगरपालिकाको सहकार्यका विषयमा छलफल भएको थियो । 


हनुमान ढोका दरबार संरक्षण कार्यक्रम क्षेत्रभित्र नेपाली ढुङ्गा विछ््याउन पुरातत्व विभागको सहमतिका विषयमा पनि बैठकमा चर्चा गरिएको थियो ।


बैठकमा विकास साझेदार कार्यालयहरुमा सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख नारायणदत्त भण्डारी, नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख ताराप्रसाद प्रधान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपप्रमुख उद्धव नेपाल, महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी लगायतको सहभागी थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD